२०८३, १२ आश्विन मंगलबार

पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

२४ घण्टामा १ हजार ३७३ जना कोरोनामुक्त


काठमाडौँ, १४ साउन  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ९ हजार ५५५ र एन्टिजेन विधिबाट ४ हजार ४८७ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ३६५ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७ लाख ५० हजार २२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ५० हजार ६४५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेको छ ।

हालसम्म १५ लाख ४८ हजार ८०३ जनाले खोप लगाइसकेका छन् । २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८०७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १४ श्रावण बिहीबार  ७ : ४८ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय