काठमाडौं, १० साउन : नव नियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिक कोरोनाविरुद्धको खोप हुने बताएका छन् । आज ९आइतबार० सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्रीको शपथ लिइसकेपछि राज्यमन्त्री श्रेष्ठले अहिलेको आवश्यकता खोप भएको र आफू बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले काम गर्ने बताएका छन् ।
‘अहिलेको सबैभन्दा मुख्य आवश्यकता खोप हो । खोप व्यवस्थापन मेरो प्राथमिकतामा पर्नेछ । बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुग्नेगरी काम गर्नेछु’, उनले भने । उनले आफूसँग शिक्षासँगै स्वास्थ्य र खेल क्षेत्रको लामो अनुभव रहेको दावी गरे । ‘मैले लामो समय शिक्षा, स्वास्थ्य र खेलकुद समितिमा बसेर काम गरेको छु । मलाई स्वास्थ्यको इञ्च–इञ्च समस्याका बारेमा थाहा छ ।
कोरोना महामारीको समय भन्दै राष्ट्रपति कार्यालयले राष्ट्रपतिले शपथ गराउने बाहेक अरु पदाधिकारीको शपथ राष्ट्रपति कार्यालयमा गर्नु नपर्ने भनी उल्लेख गरेको थियो । यसअघि महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग शपथ लिएका थिए ।
प्रतिक्रिया