२०८३, ७ कार्तिक शनिबार

स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न पहल गर्छु : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न पहल गर्छु : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ


काठमाडौं, १० साउन  :  नव नियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिक कोरोनाविरुद्धको खोप हुने बताएका छन् । आज ९आइतबार० सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्रीको शपथ लिइसकेपछि राज्यमन्त्री श्रेष्ठले अहिलेको आवश्यकता खोप भएको र आफू बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले काम गर्ने बताएका छन् ।

‘अहिलेको सबैभन्दा मुख्य आवश्यकता खोप हो । खोप व्यवस्थापन मेरो प्राथमिकतामा पर्नेछ । बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुग्नेगरी काम गर्नेछु’, उनले भने । उनले आफूसँग शिक्षासँगै स्वास्थ्य र खेल क्षेत्रको लामो अनुभव रहेको दावी गरे । ‘मैले लामो समय शिक्षा, स्वास्थ्य र खेलकुद समितिमा बसेर काम गरेको छु । मलाई स्वास्थ्यको इञ्च–इञ्च समस्याका बारेमा थाहा छ ।

कोरोना महामारीको समय भन्दै राष्ट्रपति कार्यालयले राष्ट्रपतिले शपथ गराउने बाहेक अरु पदाधिकारीको शपथ राष्ट्रपति कार्यालयमा गर्नु नपर्ने भनी उल्लेख गरेको थियो । यसअघि महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग शपथ लिएका थिए ।

प्रकाशित मिति : २०७८, १० श्रावण आईतबार  ९ : ०८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना