२०८३, १२ आश्विन मंगलबार

स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न पहल गर्छु : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न पहल गर्छु : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ


काठमाडौं, १० साउन  :  नव नियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिक कोरोनाविरुद्धको खोप हुने बताएका छन् । आज ९आइतबार० सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्रीको शपथ लिइसकेपछि राज्यमन्त्री श्रेष्ठले अहिलेको आवश्यकता खोप भएको र आफू बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले काम गर्ने बताएका छन् ।

‘अहिलेको सबैभन्दा मुख्य आवश्यकता खोप हो । खोप व्यवस्थापन मेरो प्राथमिकतामा पर्नेछ । बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुग्नेगरी काम गर्नेछु’, उनले भने । उनले आफूसँग शिक्षासँगै स्वास्थ्य र खेल क्षेत्रको लामो अनुभव रहेको दावी गरे । ‘मैले लामो समय शिक्षा, स्वास्थ्य र खेलकुद समितिमा बसेर काम गरेको छु । मलाई स्वास्थ्यको इञ्च–इञ्च समस्याका बारेमा थाहा छ ।

कोरोना महामारीको समय भन्दै राष्ट्रपति कार्यालयले राष्ट्रपतिले शपथ गराउने बाहेक अरु पदाधिकारीको शपथ राष्ट्रपति कार्यालयमा गर्नु नपर्ने भनी उल्लेख गरेको थियो । यसअघि महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग शपथ लिएका थिए ।

प्रकाशित मिति : २०७८, १० श्रावण आईतबार  ९ : ०८ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय