काठमाडौं, ५ साउन नेकपा एमालेभित्र विवाद चर्किएर विभाजनको अन्तिम अभ्यास भइरहेका बेला माधाव नेपाल निवसमा नेताहरू नयाँ खिचडी पकाउन जुटेका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच आज बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।
नेपाललाई भेट्न मंगलबार बिहान सवा ८ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएको स्रोतले जानकारी दिएको छ । यस्तै प्रचण्ड फर्किए लगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । भेटमा भएको कुराकानीको विषय खुलेको छैन ।
प्रतिक्रिया