काठमाडौं ४ साउन : पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणको कारण ३२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्युदरमा वृद्धि भएर १४३ प्रतिशत पुगेको हो ।
आज मात्रै २,४४५ जना कोभिड बिरामी थपिएका छन् । ११ हजार ६६४ नमुना ९७,८३३ पीसीआर र ३,८३१ एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टी भएका छन् । सोमबारको संक्रमण दर २०.९६ प्रतिशत छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १२५८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमण प्रतिशत ३.८६ प्रतिशत छ । अहिलेसम्मको कूल संक्रमित संख्या ६ लाख ६८ हजार ७५१, मृत्यु ९५८२ र निको हुने संख्या ६ लाख ३३ हजार पुगेको छ । सोमबारसम्म देशभर ३० लाख ६७ हजार ११८ जना पहिलो डोज र ११ लाख ३४ हजार ३१७ जना दोस्रो डोज खोप लगाएका छन् ।
प्रतिक्रिया