काठमाडौं, ३१ असार : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गए रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक÷एक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ ।
निगम घाटामा हुँदाहुँदै पनि पाँच विद्यार्थी सङ्गठनको माग अनुसार एक(एक रुपैयाँ घटाइएको निगमको भनाइ छ । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य एक सय ११ रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढिरहेको अवस्थामा नेपालमा पनि भाउ बढ्ने कुरालाई ख्याल गरिदिन निगमले आग्रह पनि गरेको छ।
प्रतिक्रिया