२०८२, ४ जेष्ठ शनिबार

आज पनि एमाले कार्यदलको वैठक, सहमति जुट्ने विश्वास

आज पनि एमाले कार्यदलको वैठक, सहमति जुट्ने विश्वास

ओली र नेपालबीच ‘वान टु वान’ छलफल सहमति जुट्ने विश्वास


काठमाडौं, २४ असार :  नेकपा एमालेको एकतालाई जोगाउन कार्यदलका नेताहरु आज (बिहीबार) पनि छलफलमा जुट्दै छन् । यसअघि भएका बैठकमा छलफल हुन बाँकी विषयमा आजको बैठक केन्द्रित हुने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । हिजो कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा दुई घण्टा भेटवार्ता भएको छ ।

दुई शीर्ष नेताहरुबीच हिजो विभिन्न विषयमा ‘वान टु वान’ छलफल भए पनि सहमति भने जुट्न सकेन । पार्टीभित्रको शक्ति बाँडफाँड कसरी गर्ने भन्ने विषयमा ओली र नेपालबीच मुख्य विवाद देखिएको छ । ‘उहाँहरूको कुराकानी सकारात्मक छ । सकारात्मक ढंगले उठेर हिंड्नु भएको छ । बाँकी कुरा कार्यदल बैठकमा हुन्छ’, नेता पाण्डेले भने ।

दुवै पक्षको सहमतिमा बनाइएको युवा नेताहरू सम्मिलित कार्यदलले ओली र नेपाललाई विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन उच्च दबाब दिएपछि ओली र नेपाल छलफलमा जुटेका हुन् । विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन दुवै नेताहरूमा लचक देखिएको एमालेका दोस्रो तहका नेताहरूको भनाइ छ ।

हिजो बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको र आज अन्तिम रुप दिइने नेताहरुले बताएका छन् । कार्यदलमा सबै तहका पार्टी र जनसङ्गठनका कमिटीहरु पूर्ववत् अवस्थामा फर्काउने सहमति भएको छ । माओवादी केन्द्र छाडेर आएका नेताहरुको व्यवस्थापनलगायतका विषयमा पनि सहमति जुट्न बाँकी छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विवाद बढ्दै गएपछि सहमतिका लागि दुवै पक्षका नेताहरू रहेको कार्यदल गठन भएको हो । कार्यदलका सदस्यहरुले पार्टीभित्रको विवाद समाधान उन्मुख रहेको र अविश्वासको खाडल पुरिंदै गएको दावी गरे पनि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ताले भने यसलाई पुष्टि गरिसकेको छैन ।

हिजोको भेटवार्तामा अध्यक्ष ओलीले पार्टी र सरकार समस्यामा रहेका कारण निःशर्त सहयोग गर्न वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए । अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै बाँकी विषयमा पुनः छलफल र समाधान गर्दै अघि बढ्न सकिने बताएका थिए ।

 

प्रकाशित मिति : २०७८, २४ असार बिहीबार  ९ : ३८ बजे

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको