२०८३, १५ असार मंगलबार

आज पनि एमाले कार्यदलको वैठक, सहमति जुट्ने विश्वास

आज पनि एमाले कार्यदलको वैठक, सहमति जुट्ने विश्वास

ओली र नेपालबीच ‘वान टु वान’ छलफल सहमति जुट्ने विश्वास


काठमाडौं, २४ असार :  नेकपा एमालेको एकतालाई जोगाउन कार्यदलका नेताहरु आज (बिहीबार) पनि छलफलमा जुट्दै छन् । यसअघि भएका बैठकमा छलफल हुन बाँकी विषयमा आजको बैठक केन्द्रित हुने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । हिजो कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा दुई घण्टा भेटवार्ता भएको छ ।

दुई शीर्ष नेताहरुबीच हिजो विभिन्न विषयमा ‘वान टु वान’ छलफल भए पनि सहमति भने जुट्न सकेन । पार्टीभित्रको शक्ति बाँडफाँड कसरी गर्ने भन्ने विषयमा ओली र नेपालबीच मुख्य विवाद देखिएको छ । ‘उहाँहरूको कुराकानी सकारात्मक छ । सकारात्मक ढंगले उठेर हिंड्नु भएको छ । बाँकी कुरा कार्यदल बैठकमा हुन्छ’, नेता पाण्डेले भने ।

दुवै पक्षको सहमतिमा बनाइएको युवा नेताहरू सम्मिलित कार्यदलले ओली र नेपाललाई विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन उच्च दबाब दिएपछि ओली र नेपाल छलफलमा जुटेका हुन् । विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन दुवै नेताहरूमा लचक देखिएको एमालेका दोस्रो तहका नेताहरूको भनाइ छ ।

हिजो बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको र आज अन्तिम रुप दिइने नेताहरुले बताएका छन् । कार्यदलमा सबै तहका पार्टी र जनसङ्गठनका कमिटीहरु पूर्ववत् अवस्थामा फर्काउने सहमति भएको छ । माओवादी केन्द्र छाडेर आएका नेताहरुको व्यवस्थापनलगायतका विषयमा पनि सहमति जुट्न बाँकी छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विवाद बढ्दै गएपछि सहमतिका लागि दुवै पक्षका नेताहरू रहेको कार्यदल गठन भएको हो । कार्यदलका सदस्यहरुले पार्टीभित्रको विवाद समाधान उन्मुख रहेको र अविश्वासको खाडल पुरिंदै गएको दावी गरे पनि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ताले भने यसलाई पुष्टि गरिसकेको छैन ।

हिजोको भेटवार्तामा अध्यक्ष ओलीले पार्टी र सरकार समस्यामा रहेका कारण निःशर्त सहयोग गर्न वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए । अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै बाँकी विषयमा पुनः छलफल र समाधान गर्दै अघि बढ्न सकिने बताएका थिए ।

 

प्रकाशित मिति : २०७८, २४ असार बिहीबार  ९ : ३८ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण