काठमाडौँ २० असार : नेकपा (एमाले )को विधान महाधिवेशनको तयारी गरेको छ । केन्द्रीय समितिको बैठकले विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सूर्य थापाले बताउनु भयो ।
विधान महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष ओलीको नेतृत्वमा कमिटी गठन भएको हो । विधान महाधिवेशन व्यवस्थापनका निम्ति रामबहादुर थापाको नेतृत्वमा समिति गठन गरेको छ ।
बैठकले संगठनात्मक प्रतिवेदन लेख्ने जिम्मेवारी महासचिव ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन भएको छ ।
आगामी भदौ ५ गते वडा तहको अधिवेशन र भदौ १५ गते पालिकास्तरको अधिवेशन हुने भएको छ ।
शुक्रबार सुरु भएको केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ ।
प्रतिक्रिया