धुलिखेल २६ जेठ : विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान दिने निणर्य गरेको छ । विश्वविद्यालय अनुदान आयोगको निर्णय अनुसार जिल्लाको १८ वटा क्याम्पसमध्ये १६ वटा क्याम्पसलाई अनुदान दिने निर्णय भएको हो । विद्यार्थी र शिक्षक संख्याका आधारमा सबैभन्दा बढी अनुदान काभ्रेको पुरानो शैक्षिक संस्था काभ्रे बहुमुखी क्याम्सले प्राप्त गरेको छ ।
यस्तै विश्वविद्यालय अनुदान पाउनेहरुमा बनेपाको चैतन्य क्याम्स, दाप्चा छत्रेबाजको दाप्चा कृष्ण बहुमुखी क्याम्पस, महादेवस्थान कुन्ताबेशीको डेडीथुम्का पब्लिक क्याम्पस, धुलिखेलको धुलिखेल क्याम्पस, सञ्जिवनी कलेज, पनौतीको इन्द्रेश्वर क्याम्पसले अनुदान पाएका छन् । यसैगरी मेथिनकोटको जनक बहुमुखी क्याम्पस, बनेपाको, कुशादेवीको कुशादेवी क्याम्पस, पाँचखालको सर्वमंगला बहुमुखी क्याम्पस, पनौतीको तेज–गंगा बहुमुखी क्याम्पस, मंगलटारको मंगल जनविजय क्याम्पस र भुम्लुको श्रीप्रकाश क्याम्पसले अनुदान पाएका छन् ।
साथै बेथानचोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसाले पनि अनुदान पाएको छ ।
प्रतिक्रिया