२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा कोरोना भाईरस संक्रमणबाट थप ५ जनाको मृत्यु

काभ्रेमा कोरोना भाईरस संक्रमणबाट थप ५ जनाको मृत्यु

२७३ जना डिस्चार्ज, ३२५ जनालाई संक्रमण


धुलिखेल १९ जेठ :  काेरोना भाईरस संक्रमणका कारण काभ्रेमा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाका ३ जना छन् भने २ जना बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार बनेपाका ३७ बर्षिय पुरुष,मण्डनदेउपुरका ८२ बर्षिय पुरुष र धुलिखेलका ४२ बर्षिय पुरुषको ज्यान गएको हो । यस्तै मन्थलीका ५६ बर्षिय महिला र सर्लाहीका ४७ बर्षिय पुरुषको धुलिखेल अस्पतालमा ज्यान गएको हो ।

यो संगै जिल्लामा भाईरसको संक्रमणका कारण १९१ जनाको ज्यान गईसकेको छ । ति मध्ये १३६ जना जिल्लाकै हुन् भने ५५ जना अन्य जिल्लाका हुन् । यस्तै जिल्लका संक्रमित मध्ये उपचार पछि निको भएर थप २७३ जना डिस्चार्ज भएका छन् । हाल सम्म जिल्लामा ६ हजार ९ सय ६४ जना संक्रमण मुक्त भईसकेका छन् ।  यस्तै जिल्लामा ३२५ जनालाई भाईरसको संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणबाट २२६ जनालाई र एन्टीजेन परिक्षणबाट ९९ जनालाई संक्रमण भएको पुष्टि भएको कार्यालयले जनाएको छ ।

यो संगै जिल्लामा ९ हजार ३ सय १५ जनालाई संक्रमण भईसकेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार २ सय १५ जना पुगेको कार्यालयले जनाएको छ । हाल २०९५ जना होम आइसोलेसनमा र १२० जना अस्पताल आइसोलेसनमा रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १९ जेष्ठ बुधबार  ६ : ४९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना