२०८२, २१ कार्तिक बिहीबार

एमाले एकता जोगाउन हर प्रयास गरें तर, मजाक गरियो : प्रधानमन्त्री

एमाले एकता जोगाउन हर प्रयास गरें तर, मजाक गरियो : प्रधानमन्त्री


काठमाडौं, १४ जेठ नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको एकता जोगाउन आफूले हर प्रयास गरेको बताउनु भयो ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा अन्त्यहीन गुटको थलो बनाउने केही नेताका कारण फ्लोर क्रस, पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन विपक्षीसँग साँठगाँठ गर्ने, साझा उम्मेदवारका नाममा बागी उठाउने र आफ्नो संसदीय दलका नेतालाई हटाउन कहिले अनुपस्थित हुने जस्ता गतिविधि अराजकताका रुपमा मौलाएको बताउनु भयो ।

‘नेकपा एमालेलाई नै एकीकृत विरासतको रुपमा अघि बढाउने प्रयत्न ग¥यौँ तर कतिपय नेताहरुमा गल्तीको बोध भएन’, प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, ‘प्रतिनिधि सभा पुरै समय चलोस् भनेर गरेको प्रयासलाई सफल हुन दिइएन । राजनीतिक स्थायित्वको मुल पक्ष नीतिगत संगति, निर्णयको निरन्तरता र कार्यान्वयनको सुनिश्चितता हो ।’

उनले राजनीतिक स्थायित्वको केन्द्रविन्दु राष्ट्र र जनताको हित र संरक्षण संवर्द्धन भएको भन्दै आफूले जनताको हित हुने पार्टी एकताको लागि प्रयास सार्वजनिक भएको भन्दै नेकपा एकता कायम गर्न समेत अन्तिम समयसम्म प्रयास गरिएको दावी गरे । उनले अस्थिरता सिर्जनाका लागि स्वार्थकेन्द्रित गठबन्धन नबनेको भए र महाधिवेशनबाट निर्वाचित अध्यक्ष घेराबन्दीबाट हटाउने दुरासय नभएको भए यतिवेला एकता महाधिवेशनमा गएर नेतृत्व हस्तान्तरण भइसकेको हुने छ ।

प्रकाशित मिति : २०७८, १४ जेष्ठ शुक्रबार  ५ : ४८ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर