२०८२, २२ चैत्र सोमबार

एमाले एकता जोगाउन हर प्रयास गरें तर, मजाक गरियो : प्रधानमन्त्री

एमाले एकता जोगाउन हर प्रयास गरें तर, मजाक गरियो : प्रधानमन्त्री


काठमाडौं, १४ जेठ नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको एकता जोगाउन आफूले हर प्रयास गरेको बताउनु भयो ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा अन्त्यहीन गुटको थलो बनाउने केही नेताका कारण फ्लोर क्रस, पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन विपक्षीसँग साँठगाँठ गर्ने, साझा उम्मेदवारका नाममा बागी उठाउने र आफ्नो संसदीय दलका नेतालाई हटाउन कहिले अनुपस्थित हुने जस्ता गतिविधि अराजकताका रुपमा मौलाएको बताउनु भयो ।

‘नेकपा एमालेलाई नै एकीकृत विरासतको रुपमा अघि बढाउने प्रयत्न ग¥यौँ तर कतिपय नेताहरुमा गल्तीको बोध भएन’, प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, ‘प्रतिनिधि सभा पुरै समय चलोस् भनेर गरेको प्रयासलाई सफल हुन दिइएन । राजनीतिक स्थायित्वको मुल पक्ष नीतिगत संगति, निर्णयको निरन्तरता र कार्यान्वयनको सुनिश्चितता हो ।’

उनले राजनीतिक स्थायित्वको केन्द्रविन्दु राष्ट्र र जनताको हित र संरक्षण संवर्द्धन भएको भन्दै आफूले जनताको हित हुने पार्टी एकताको लागि प्रयास सार्वजनिक भएको भन्दै नेकपा एकता कायम गर्न समेत अन्तिम समयसम्म प्रयास गरिएको दावी गरे । उनले अस्थिरता सिर्जनाका लागि स्वार्थकेन्द्रित गठबन्धन नबनेको भए र महाधिवेशनबाट निर्वाचित अध्यक्ष घेराबन्दीबाट हटाउने दुरासय नभएको भए यतिवेला एकता महाधिवेशनमा गएर नेतृत्व हस्तान्तरण भइसकेको हुने छ ।

प्रकाशित मिति : २०७८, १४ जेष्ठ शुक्रबार  ५ : ४८ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर