२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा थप १ सय ८४ जनामा कोरोना भाईरसको संक्रमण,दुई पुरुषको ज्यान गयो

काभ्रेमा थप १ सय ८४ जनामा कोरोना भाईरसको संक्रमण,दुई पुरुषको ज्यान गयो


धुलिखेल ८ जेठ : काभ्रेमा पछिल्लो २४ घण्टमा १ सय ८४ जना कोरोना भाईसरका संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा बनेपा नगरपालिकाका २१ जना महिला र २० जना पुरुष, धुलिखेल नगरपालिकाका १ जना महिला र ५ जना पुरुष, पाँचखाल नगरपालिकाका ४ जना महिला र ८ जना पुरुष, भुम्लु गाउँपालिकाका ४ जना महिला र १० जना पुरुष, नमोबुद्ध नगरपालिकाका १५ जना महिला र २२ जना पुरुष, पनौती नगरपालिकाका २ जना महिला र ४ जना पुरुष, चौंरीदेउराली गाउँपालिकाका ११ जना महिला र १६ जना पुरुष, बेथानचोक गाउँपालिकाका ५ जना पुरुष र मण्डनदेउपुर नगरपालिकाका ६ जना महिला र ३० जना पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो संगै जिल्लामा ७ हजार १ सय ५० जनालाई संक्रमण भईसकेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ५१ जना पुगको छ । ती मध्ये ११८४ जना महिला र १४६७ जना पुरुष छन् । कार्यालयका अनुसार हाल २५३२ जना होम आइसोलेसनमा र ११९ जना अस्पताल आइसोलेसनमा छन् ।

यस्तै भाईरसको संक्रमणका कारण जिल्लामा थप दुई पुरुषको ज्यान गएको छ । पाँचखाल नगरपालिकाका ५५ वर्षीय र बनेपा नगरपालिकाका ६८ वर्षीय पुरुषको ज्यान गएको कार्यालयले जनाएको छ । यो संगै भाईरसको संक्रमणका कारण जिल्लामा १४२ जनाको ज्यान गईसकेको छ । ती मध्ये १०१ जना जिल्लाकै हुन् भने ४१ जना अन्य जिल्लाका हुन् ।

प्रकाशित मिति : २०७८, ८ जेष्ठ शनिबार  ७ : ०६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना