२०८२, ४ फाल्गुन सोमबार

एमालेले काभ्रेका लक्ष्मण र बसुन्धरा सहित १४ सांसदलाई स्पष्टीकरण सोध्यो

एमालेले काभ्रेका लक्ष्मण र बसुन्धरा सहित १४ सांसदलाई स्पष्टीकरण सोध्यो


हेटौंडा ८ जेठ :  नेकपा एमालेले काभ्रेका सांसद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई सहित १४ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । माधव नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिबार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए । मुख्य सचेतक निरौलाका अनुसार आइतबार बेलुका ५ बजेसम्म स्पष्टीकरण बुझाउने समयसिमा तोकिएको छ ।

प्रदेशसभा सदस्यहरु अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्त मानन्धर, शान्तिप्रसाद पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण सोधिएको छ ।

 

 

प्रकाशित मिति : २०७८, ८ जेष्ठ शनिबार  ४ : ०३ बजे

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा