२०८२, १० माघ शनिबार

एमालेले काभ्रेका लक्ष्मण र बसुन्धरा सहित १४ सांसदलाई स्पष्टीकरण सोध्यो

एमालेले काभ्रेका लक्ष्मण र बसुन्धरा सहित १४ सांसदलाई स्पष्टीकरण सोध्यो


हेटौंडा ८ जेठ :  नेकपा एमालेले काभ्रेका सांसद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई सहित १४ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । माधव नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिबार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए । मुख्य सचेतक निरौलाका अनुसार आइतबार बेलुका ५ बजेसम्म स्पष्टीकरण बुझाउने समयसिमा तोकिएको छ ।

प्रदेशसभा सदस्यहरु अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्त मानन्धर, शान्तिप्रसाद पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण सोधिएको छ ।

 

 

प्रकाशित मिति : २०७८, ८ जेष्ठ शनिबार  ४ : ०३ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई