काठमाडौं, ८ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गर्नुभएको छ । प्रतिनिधिसभा विघटनगरेसंगै नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति तोक्नु भएको छ ।
शुक्रबार मध्यरात बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेको एक घन्टाभित्रै राष्ट्रपति कार्यालयले राति १ बजेर ५० मिनेटमा संसद भंग र नयाँ निर्वाचन मितिको घोषणासहित विज्ञप्ति जारी गरेको हो ।
मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६९५ अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६९७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया