२०८२, २७ पुस आईतबार

कोरोना कहर : बेसार र अदुवाको प्रयोग गर्नुस् : प्रतिरोधी क्षमता बढ्छ

कोरोना कहर : बेसार र अदुवाको प्रयोग गर्नुस् : प्रतिरोधी क्षमता बढ्छ


विश्व्यापीरुपमा कोरोना भाइरसको सक्रमण फैलिएको छ । यस्तो बेला कोरोनासँग लड्नका लागि आत्मशक्ति नै बढाउनु जरुरी छ । आत्मिकरुपमा जसको प्रतिरोधी क्षमता बढी छ, त्यस्तालाई कोरोना भाइरस लागेपनि छिट्टै निको भएको तथ्यहरुले स्पष्ट पारेका छ ।
अदुवा
विशेषगरी नेपालगायत भारतमा अदुवा असाध्यै लोकप्रिय रहेको छ । अदुवालाई जीवन प्रयन्त प्रयोग गर्ने समूह नेपालमा पनि ठूलो मात्रामा रहेको छ । मसलाको रुमपा अदुवा प्रयोग गर्दा त्यसबाट रोग प्रतिरोधी क्षमताको विकास हुन्छ । यद्यपी अदुवा कोरोना भाइरसबाट बच्ने उपाय वा औषधीभ भने होइन । चिकित्सकहरुका अनुसार मानवको स्वास्थ्य ठिक राख्न अदुवाको प्रयोग गर्न सकिने भएपनि यो कोरोना विरुद्धको औषधी भने पक्कै होइन ।
अदुवा निकै स्वादिलो मसलाजन्य परिकार हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि रहेको चिकित्सकहरुको भनाइ छ । अदुवामा जिंगेरोल नामक लाभकारी तत्व रहेको छ । जुन वैज्ञानिकहरुका अनुसार शक्तिशाली औषधीय गुण भएको तत्व हो । अदुवाको नियमति सेवनले विभिन्न खाले फाइदा दिने अध्ययनबाट पनि प्रष्ट भएको छ ।

भारतमा त पछिल्लो दिनमा कोरोना भाइरसको सक्रमण बढेपछि अदुवा प्रयोग गर्नेहरुको संख्यामा झण्डै २०० प्रतिशतले वृद्धि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अदुवाले रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्छ । त्यसमा विशेष गरी क्रोमियम, म्याग्नेसियम तथा जिंक जस्ता तत्व पाइन्छ । ती तत्वले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँन सहयोग पुर्याउँछ । अदुवामा मधुमेह प्रतिरोधी गुण हुन्छ । अदुवाको नियमित सेवनले रगतमा सुगरको मात्रा नियन्त्रण गरिदिन्छ । साथै यसले रगतमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्दछ । जसका कारण मुटुरोगको जोखिम पनि कम हुन्छ । विभिन्न सर्जरी तथा क्यान्सरको केमोथेरापी गरेका विरामीमा आउने वाकवाकी तथा वान्ता रोक्न पनि अदुवा सहयोगी भएको तथ्य स्पष्ट भइसकेको छ ।

चिसो तथा रुघाखोकीले सताउँछ भने अदुवा नियमित रुपमा सेवन गर्नाले थप फाइदा पुग्छ । कोरोनाको लक्षण पनि यही भएकाले त्यसबाट लाभ प्राप्त गर्न सकिन्छ । त्यस्तै छाती तथा करंग दुख्ने समस्यामा पनि अदुवाको सेवन फाइदाजनक हुने गरेको छ । थकान तथा कमजोरी महसुस हुने समस्या भएकाहरुका लागि पनि अदुवाको सेवनले राहत प्रदान गर्ने गरेको छ । बाथरोगी तथा जोर्नी दुख्ने समस्या भएकाहरुका लागि समेत अदुवाको सेवन लाभदायी हुन्छ । अदुवाको धुलो नियमित रुपमा सेवन गर्नाले पाचन प्रक्रिया नियमित हुन्छ तथा राम्रोसँग दिसा हुन्छ ।

बेसार
नेपालमा विशेषगरी बेसारलाई अचुक मसलाको रुपमा प्रयोग गरिन्छ । कतिपयले यसलाई हलेदो वा हल्दीको समेत नाम दिएका छन् । नेपाली खाना बनाउँदा बेसार नहालेको खण्डमा के बेसार नहालेको जस्तो भन्ने लोकोत्ति नै स्थापित छ । विशेषगरी कोरोनाबाट जोगाउन प्रतिरोधी क्षमता बढाउन पनि हलेदो वा बेसार प्रयोग गर्न सकिने चिकित्सकहरुको दावी छ ।

बेसार एउटा यस्तो खान्की हो जसले खानालाई स्वादिलो मात्र बनाउँदैन जस्तोसुकै परिकारलाई पनि पहेलो रङमा बदलिदिने तत्व रहेको हुन्छ । जुन मानव स्वास्थ्यका लागि समेत महत्वपूर्ण मानिन्छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको हुन्छ ।अनुसन्धानका अनुसार नियमित बेसार खाने व्यक्तिलाई सानोतीनो रोगले सताउँदैन । अकस्मात घाँटी दुखेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी पिउँदा निकै राहत दिन्छ । बेसारमा करक्युमिन नामक रसायन रहेको हुन्छ । यसले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ । बिहान उठ्ने वित्तिकै मन तातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुने देखिएको छ । बेसार मिसाएर पकाएको खाना पचाउन सजिलो हुन्छ । नियमित बेसार पानी पिउँदा यसले रगत सफा गर्नुका साथै शरीरमा रगत जम्न दिँदैन ।

नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउरीपनाबाट बच्न सकिन्छ । यसले सयम नपुग्दै आउने चाउरीपनालाई रोक्ने काम गर्छ । यस्तै नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा समेत कम हुने वैज्ञानिक खोज सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति : २०७८, ३ जेष्ठ सोमबार  ८ : ३७ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,