२०८२, ११ असार बुधबार

कोरोना प्रभावित कृषकलाई राहत प्रदान गर्न मन्त्री अर्यालको निर्देशन

कोरोना प्रभावित कृषकलाई राहत प्रदान गर्न मन्त्री अर्यालको निर्देशन


काठमाडौं, २ जेठ कृषि :  तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोरोनाको महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधान गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छिन् ।

वैशाख ३१ गते नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रीका रुपमा नियुक्त भएसँगै मन्त्रालयमा आइतबार विभागीय प्रमुखहरुसँग छलफल गर्दै मन्त्री अर्यालले त्यस्तो निर्देशन दिएकी हुन् । ‘हामी कोभिड १९ महामारीको संकटमा छौं । महामारीको समयमा पनि हामीले हाम्रा कृषकहरुका समस्या सधानमा ध्यान दिनुपर्छ,’ मन्त्री अर्यालले भनिन्, ‘यस्तो अवस्थामा पनि हामी आफू सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधानका लागि काम गर्नुपर्छ ।’

महामारीका कारण अहिले देशभरका कृषकहरुले भोग्नुपरेका समस्या समाधान र कृषि उपज बजारीकरणका लागि आवश्यक सहयोग गर्न सबै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग तत्काल भर्चुअल मानध्यमबाट छलफल गरी आवश्यक कदम अगाडि बढाउन मन्त्री अर्यालले निर्देशन दिएकी छिन् ।

कोभिड नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा पर्नसक्ने प्रभावहरुको अध्ययन गरी नेपाल सरकारबाट प्रदान गर्नसकिने सेवा सुविधाको सम्बन्धमा सरोकारवालासँग छलफल गरी क्षती पुगेका कृषकहरुलाई राहत प्रदान गर्न आवश्यक तयारी गर्न समेत उनले निर्देशन दिएकी हुन् ।

‘महामारी नियन्त्रणका सन्दर्भमा गरिएको निषेधाज्ञाका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा पर्नसक्ने प्रभावहरुको अध्ययन गर्न आवश्यक छ । प्रभावहरुको अध्ययन त्यसपश्चात् सरकारबाट प्रदान गर्न सकिने सेवा सुविधाका सम्बन्धमा सरोकारवालासँग छलफल गरी क्षती पुगेका कृषकहरुलाई राहत प्रदान गर्न आवश्यक तयारी गर्नुस् । अध्ययन गर्दा साँच्चिकै प्रभावित कृषकहरु नछुटून्,’ मन्त्री अर्यालले भनिन् ।

प्रकाशित मिति : २०७८, २ जेष्ठ आईतबार  ६ : ४८ बजे

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार

विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको कारबाही फुकुवा

काठमाडौं । नेकपा एमालेले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे

यस्तो छन्, मन्त्रिपरिषद्को १५ वटा निर्णयहरु

काठमाडौं । सरकारले उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश, २०८२ स्वीकृत

कोशी प्रदेश मन्त्रिपरिषद् : सवारी नियमावली स्वीकृत, ऐन संशोधन विधेयक पेस हुने

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले यातायात,

बच्चा नबस्ने समस्यामा महिला–पुरुष उत्तिकै जिम्मेवार छन्

सामान्यत प्रजनन् क्षमता भन्नाले बच्चा जन्माउने क्षमतालाई बुझिन्छ । प्रजनन्