काठमाडौं २ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले सीसीएमसीको बैठकमा क्वीक रेस्पोन्स टिम बनाउन बताउनु भयो । आईतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले नागरिकको ज्यान बचाउने काममा लाग्न सबैलाई आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले पैसाको अभावले कसैको ज्यान जान नहुँने भन्दै त्यस्तो अवस्था आउन नदिन सबैलाई निर्देशन दिनुभयो । सरकारले नयाँ भेरियन्टसहितको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई आफ्नो क्षमता अनुसार प्रयोग गर्ने निर्णय गरेको हो । बैठकमा देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय भएको छ ।
प्रतिक्रिया