काठमाडौं, १ जेठ : नेकपा एमाले काभ्रेले यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई भोट हाल्न निर्देशन दिएको छ ।
एमाले अध्यक्ष अशोक ब्याञ्जुले विज्ञप्ति जारी गर्दै पार्टीले बनाएको उम्मेद्वार बादललाई जिताउन प्रदेशसभा सदस्य र पालिका प्रमुख, उपप्रमुखहरूलाई यस्तो निर्देशन दिएको हो ।
विज्ञप्तीमा भनिएको छ ‘नेकपा एमालेको आधिकारिक उम्मेदवार रामबहादुर थापा बादल बाहेक अन्य उम्मेदवार छैनन’ ‘कथित प्रचारबाजीको भ्रममा नपरी बादललाई सूर्य चिह्नमा मतदान गर्न काभ्रेका सबै प्रदेशसभा सदस्य नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरूलाई अनुरोध गर्छु ।’
वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा खिमलाल देवकोटा उम्मेदवार छन् ।
प्रतिक्रिया