२०८३, १ आश्विन शुक्रबार

एमाले काभ्रेको निर्देशन : राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई भोट हाल्नू

एमाले काभ्रेको निर्देशन : राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई भोट हाल्नू


काठमाडौं, १ जेठ  :  नेकपा एमाले काभ्रेले यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई भोट हाल्न निर्देशन दिएको छ ।
एमाले अध्यक्ष अशोक ब्याञ्जुले विज्ञप्ति जारी गर्दै पार्टीले बनाएको उम्मेद्वार बादललाई जिताउन प्रदेशसभा सदस्य र पालिका प्रमुख, उपप्रमुखहरूलाई यस्तो निर्देशन दिएको हो ।

विज्ञप्तीमा भनिएको छ ‘नेकपा एमालेको आधिकारिक उम्मेदवार रामबहादुर थापा बादल बाहेक अन्य उम्मेदवार छैनन’ ‘कथित प्रचारबाजीको भ्रममा नपरी बादललाई सूर्य चिह्नमा मतदान गर्न काभ्रेका सबै प्रदेशसभा सदस्य नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरूलाई अनुरोध गर्छु ।’
वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा खिमलाल देवकोटा उम्मेदवार छन् ।

प्रकाशित मिति : २०७८, १ जेष्ठ शनिबार  ८ : ३९ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी