२०८२, १० माघ शनिबार

एमाले काभ्रेको निर्देशन : राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई भोट हाल्नू

एमाले काभ्रेको निर्देशन : राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई भोट हाल्नू


काठमाडौं, १ जेठ  :  नेकपा एमाले काभ्रेले यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई भोट हाल्न निर्देशन दिएको छ ।
एमाले अध्यक्ष अशोक ब्याञ्जुले विज्ञप्ति जारी गर्दै पार्टीले बनाएको उम्मेद्वार बादललाई जिताउन प्रदेशसभा सदस्य र पालिका प्रमुख, उपप्रमुखहरूलाई यस्तो निर्देशन दिएको हो ।

विज्ञप्तीमा भनिएको छ ‘नेकपा एमालेको आधिकारिक उम्मेदवार रामबहादुर थापा बादल बाहेक अन्य उम्मेदवार छैनन’ ‘कथित प्रचारबाजीको भ्रममा नपरी बादललाई सूर्य चिह्नमा मतदान गर्न काभ्रेका सबै प्रदेशसभा सदस्य नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरूलाई अनुरोध गर्छु ।’
वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा खिमलाल देवकोटा उम्मेदवार छन् ।

प्रकाशित मिति : २०७८, १ जेष्ठ शनिबार  ८ : ३९ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई