काठमाडौं, ३१ बैसाख : तेस्रोपल्ट प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीलाई आज सपथ गराउने राष्ट्रपति कार्यालयले जनाएको छ । ओलीले अहिलेका आधा जति मन्त्रीलाई निरन्तरता दिने गरी केही नयाँ मन्त्री नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।
वरिष्ठ नेता नेपालसँग प्रधानमन्त्रीले यसअघि पहिलो चरणमा मन्त्री बन्नु भएकालाई आवश्यकताअनुसार बिदा दिने र नयाँ मन्त्री नियुक्त गर्ने सहमति गर्नुभएको छ । मन्त्रीमण्डलमा केही नयाँ अनुहार समेत समेटेर मन्त्री नियुक्त हुनेछन्,’ प्रधानमन्त्री निकट स्रोत बताउँछ । नेपाल समूहबाट ओलीकै टिममा मन्त्री भइसकेका बाहेकलाई पहिलो चरणमा समेट्ने सम्भावना रहेको बताइएको छ ।
जसअनुसार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसहित नेपाल समूहका केही नेता पहिलो चरणमा मन्त्री बन्ने भएका छन् ।
प्रतिक्रिया