काठमाडौं, २९ बैसाख : नेपालमा पछिल्लो २४ घण्टामा ४,४४४ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा थप ९,३०५ जनामा संक्रमण पुष्टि भएको छ ।
यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६८ जनमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यहि अवधिमा १६८ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३,९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सबै भन्दा बढी काठमाडौंमा ३,२५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया