२०८२, १० माघ शनिबार

नुवाकोट कांग्रेसको प्रस्ताव पार्टी कार्यालयमा १२० शय्याको कोरोना अस्पताल बनाउन

नुवाकोट कांग्रेसको प्रस्ताव पार्टी कार्यालयमा १२० शय्याको कोरोना अस्पताल बनाउन


काठमाडौं, २१ बैसाख  : कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको र अस्पतालहरूमा शय्या खालि नभएका समस्या देखिएको नेपाली कांग्रेस नुवाकोटले विदुरस्थित पार्टी कार्यालयको भवनलाई कोरोना अस्पतालका रूपमा सञ्चालन गर्न प्रस्ताव गरेको छ।

कांग्रेस नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले कोरोना संक्रमितका लागि शय्या अभाव भइरहेको गुनासो हुन थालेकोले त्यसका लागि पार्टी कार्यालय भवन प्रयोग गर्न सकिने बताएका हुन्। ‘नुवाकोटमा कोभिड (१९ का संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालका बेडहरु क्रमस भरिँदै गएको र पछिल्लोसमय कोभिड संक्रमितका लागि शैय्या अभाव हुन थालेको गुनासोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्।

उनले कोरोना अस्पताल व्यवस्थापन गर्न नसक्नु लाचारीपन हुने पनि टिप्पणी गरेका छन्। केसीले भनेका छन्, ‘स्वास्थ्यजस्तो जनताको मौलिक अधिकार पनि तीनै तहका सरकारले व्यवस्थापन गर्न नसक्नु यो भन्दा लाचारीपन अरु केहि हुन सक्दैन।

तसर्थ कोभिड संक्रमितलाई व्यवस्थापन गर्न विदुरस्थित कांग्रेसको पार्टी कार्यालयमा करिब १२० शय्याको कोभिड अस्थायी अस्पताल बनाउन मिल्ने भवनमा अस्पताल सञ्चालन गर्न जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोट हार्दिक अनुरोध गर्दछ।’

प्रकाशित मिति : २०७८, २१ बैशाख मंगलबार  ९ : ४३ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई