२०८२, ५ कार्तिक मंगलबार

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले २७ वर्षपछि पत्नीसँग सम्बन्धबिच्छेद गर्दै

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले २७ वर्षपछि पत्नीसँग सम्बन्धबिच्छेद गर्दै


काठमाडौं, २१ बैसाख  :  माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नो वैवाहिक यात्रा टुङ्ग्याउने निर्णय गरेका छन् । धेरै प्रयास गर्दा पनि पत्नी मेलिन्डा गेट्सँग सँगै बस्न नसकिने अवस्था आएको भन्दै दुवैले वैवाहिक यात्रा टुङ्ग्याउने निर्णय गरेको ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

‘धेरै लामो समयसम्मको वैचारिक मन्थन तथा हाम्रो सम्बन्ध सुधारमा धेरै कार्यपछि अन्ततः हामीले वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गर्‍यौं’, ट्वीटरमा लेखेका छन्, ‘आगामी दिनहरूमा जोडीका रूपमा सँगै अगाडि बढ्न सकिनेमा हामीलाई विश्वास हुन सकेन ।’

उनीहरूले २७ वर्षसम्मको सम्बन्धमा तीन सन्तान पाउन र संसारभर कार्यक्षेत्र रहेको फाउन्डेसन स्थापना गर्न सकेको बताएका छन् । सम्बन्ध बिच्छेद भए पनि फाउन्डेसनमा भने सँगै मिलेर अझै काम गर्ने बताएका छन् । ६५ वर्षीय गेट्सले सन् २०२० मा माइक्रोसफ्टबाट विदा लिएका थिए । उनले कोरोना महामारीकैबीच ‘फाउन्डेसनमा केन्द्रित’ हुन माइक्रोसफ्टबाट राजीनामा दिएका थिए । एजेन्सी

प्रकाशित मिति : २०७८, २१ बैशाख मंगलबार  ९ : २० बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,