२०८३, २९ श्रावण शनिबार

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले २७ वर्षपछि पत्नीसँग सम्बन्धबिच्छेद गर्दै

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले २७ वर्षपछि पत्नीसँग सम्बन्धबिच्छेद गर्दै


काठमाडौं, २१ बैसाख  :  माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नो वैवाहिक यात्रा टुङ्ग्याउने निर्णय गरेका छन् । धेरै प्रयास गर्दा पनि पत्नी मेलिन्डा गेट्सँग सँगै बस्न नसकिने अवस्था आएको भन्दै दुवैले वैवाहिक यात्रा टुङ्ग्याउने निर्णय गरेको ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

‘धेरै लामो समयसम्मको वैचारिक मन्थन तथा हाम्रो सम्बन्ध सुधारमा धेरै कार्यपछि अन्ततः हामीले वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गर्‍यौं’, ट्वीटरमा लेखेका छन्, ‘आगामी दिनहरूमा जोडीका रूपमा सँगै अगाडि बढ्न सकिनेमा हामीलाई विश्वास हुन सकेन ।’

उनीहरूले २७ वर्षसम्मको सम्बन्धमा तीन सन्तान पाउन र संसारभर कार्यक्षेत्र रहेको फाउन्डेसन स्थापना गर्न सकेको बताएका छन् । सम्बन्ध बिच्छेद भए पनि फाउन्डेसनमा भने सँगै मिलेर अझै काम गर्ने बताएका छन् । ६५ वर्षीय गेट्सले सन् २०२० मा माइक्रोसफ्टबाट विदा लिएका थिए । उनले कोरोना महामारीकैबीच ‘फाउन्डेसनमा केन्द्रित’ हुन माइक्रोसफ्टबाट राजीनामा दिएका थिए । एजेन्सी

प्रकाशित मिति : २०७८, २१ बैशाख मंगलबार  ९ : २० बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका