काठमाडौं, १९ बैसाख : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको सूचना आएको एक मन्त्रीले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकका एजेण्डा भने खुलाइएको छैन । ती मन्त्रीकाअनुसार नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्ने छ ।
मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भए पनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् । कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्नेछ । देशमा कोरोना संक्रमण तीब्र बनेसँगै देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ ।
प्रतिक्रिया