कास्की १६ बैशाख : गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएका दीपक मनाङेुद्वारा पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
नवनियुक्त मन्त्री गुरुङले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिनुभएको हो । मनाङबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद मनाङेलाई केहीबेर अघि मात्रै पद तथा शपथ ग्रहण गराइएको हो । मन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै गण्डकी प्रदेशको मन्त्रिपरिषद् सदस्य सङ्ख्या आठ पुगेको छ ।
अविश्वासको प्रस्ताव फेसु गरिरहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई सामाजिक विकास मन्त्रालय फुटाएर मन्त्री बनाउनुभएको हो ।
प्रतिक्रिया