२०८२, ५ कार्तिक मंगलबार

प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको कोरोनाबाट मृत्यु

प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको कोरोनाबाट मृत्यु


नयाँदिल्ली, १५ बैसाख :  कोरोना संक्रमणले भातरका प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीकी काकी नर्मदाबेन मोदीको उपचारका क्रममा अहमदाबादस्थित एक अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

निकै प्रयास गर्दा पनि डाक्टरले उनलाई बचाउन सकेनन्। ८० वर्षीया उनी अहमदाबादको न्यु रानिप क्षेत्रमा आफ्ना सन्तानका साथ बस्थिन् । प्रधानमन्त्री नरेन्द्र मोदीका कान्छो भाइ प्रह्लाद मोदीका अनुसार कोरोना संक्रमण भएपछि उनीहरूकी काकी नर्मदाबेनलाई १० दिनअघि सिभिल अस्पताल भर्ना गरिएको थियो । तर उपचारका क्रममा आज उनको मृत्यु भएको हो । उनका अनुसार उनीहरूकी काकीका श्रीमान् जगजीवनदास प्रधानमन्त्री मोदीका पिता दामोदरदासका भाइ थिए । उनको धेरै वर्ष पहिले मृत्यु भइसकेको छ । एजेन्सी

प्रकाशित मिति : २०७८, १५ बैशाख बुधबार  ८ : १५ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,