२०८२, २२ जेष्ठ बिहीबार

काभ्रे कांग्रेसको क्रियाशील सदस्य दोब्बर

काभ्रे कांग्रेसको क्रियाशील सदस्य दोब्बर

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले नवीकरण र नयाँ सदस्यता गरी २० हजार


काभ्रेपलाञ्चोक, १० वैशाख :  नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले बीस हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पूराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर क्रियाशील सदस्य बनाइएको जनाइएको छ ।

पार्टीको आसन्न १४औँ महाधिवेशनलक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि सदस्यता अभियानमार्फत सदस्यता दोब्बर पु¥याइएको काभ्रे कांग्रेसले जनाएको हो । जिल्लामा नवीकरण र नयाँ सदस्यता गरी संख्या बीस हजार पु¥याउने लक्ष्यसहित सदस्यता अभियान सञ्चालन गरिएको जिल्ला कार्यसमिति सचिव दिनेश लामाले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले काभ्रे कांगे्रसमा बीस हजार क्रियाशील सदस्य भैसक्नुभएको छ, तोकिएको समयसीमासम्म केन्द्रीय कार्यालयमा पठाउनेछौँ ।”

लामाले १३औँ महाधिवेशनका बेला जिल्लामा भएका दश हजार क्रियाशील सदस्यमध्ये ९५ प्रतिशतले नवीकरण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ क्रियाशील सदस्यता थप भइरहेको छ । लामाका अनुसार यसबीचमा पार्टीमा प्रवेश गराउने क्रम पनि जारी छ । कोरोना सङ्क्रमणका कारण रोकिएको सदस्यता अभियान काभ्रेपलाञ्चोकमा गतसाल पुस महिनादेखि पुनः सुरु गरिएको थियो ।

हालसम्म नवीकरण भएका सात हजार सात सय सदस्य र पाँच हजार चार सय नयाँ सदस्यको ‘कम्प्यूटर इन्ट्री’ भैसकेको जिल्ला कार्यालय सचिव विनोद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय तथा जिल्लानेताको उपस्थितिमा भेलामार्फतसमेत स्थानीयस्तरमा नवीकरण तथा नयाँ सदस्यताको अभियान सञ्चालन गरिएको थियो । नवीकरण र नयाँ सदस्यता गरी २० हजारभन्दा बढी भैसकेको उल्लेख गर्दै तिमल्सिनाले कम्प्यूटर इन्ट्रीको काम भइरहेको बताउनुभयो ।

केन्द्रीय कार्यालयले जिल्ला कार्यसमितिले पार्टी केन्द्रीय कार्यालयमा नयाँ क्रियाशील सदस्यता र नवीकरण सूची पठाउने समयावधि पटकपटक थप्दै आएअनुसार पछिल्लोपटक यही बैशाख १५ गतेसम्म निर्धारण गरेको छ । थपिएको यो अवधि अन्तिम रहेको जनाइएको छ । यसअघि सदस्यता बिस्तारको कार्यतालिका अनुसार गत चैत ३० गतेसम्म तोकिएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार उक्त अवधिसम्म नवीकरण र नयाँ गरी छ लाख दश हजार १३४ त्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ ।

नेपालस्थित उक्त क्रियाशील सख्यामध्ये नयाँ दुई लाख ८९ हजार २२१ र तीन लाख २० हजार ९१३ नवीकरण भएका हुन् । गत १३औँ महाधिवेशनमा करिव चार लाख ९० हजार क्रियाशील सदस्ता रहेको कांग्रेसमा आउँदो १४औँ महाधिवेशसम्म उक्त सख्याको शतप्रतिशत सदस्यता थप्न पाउने ब्यवस्था गरेको छ । कांग्रेस नियमावली बमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु दुई सय र नयाँ सदस्यताका लागि रु तीन सय तोकेको छ ।

कांग्रेसको निर्वाचन कार्यतालिका अनुसार गाउँ÷नगर वडा अधिवेशन आउँदो असार २० गते, गाउँ÷नगर अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रिय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते, एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आउँदो साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौमा सम्पन्न गर्ने जनाइएको छ ।    राजकुमार पराजुली/ रासस 

प्रकाशित मिति : २०७८, १० बैशाख शुक्रबार  ५ : ३७ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक