२०८३, २२ श्रावण शनिबार

आठ लाख भूमिहीन, सबैभन्दा बढी बागमती प्रदेशमा

आठ लाख भूमिहीन, सबैभन्दा बढी बागमती प्रदेशमा

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या ४ लाख ६ हजार ५ सय २


काठमाडौं, ६ बैसाख :  देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ ।

सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोगको प्रारम्भिक विवरणअनुसार अव्यवस्थित बसोबास गर्नेको संख्या ४ लाख १४ हजार ४ सय १८ रहेको छ भने भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या ४ लाख ६ हजार ५ सय २ रहेको छ ।

आयोगले सातवटै प्रदेश र ७७ वटै जिल्लाबाट भूमिहीनको तथ्यांक संकलन गरेको थियो । जसअनुसार सातवटै प्रदेशका ७७ जिल्लाका २ सय ८७ स्थानीय तहबाट प्राप्त विवरणअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेको जम्मा संख्या ८ लाख २० हजार ९ सय २० पुगेको आयोगले जानकारी दिएको छ ।

सबैभन्दा बढी भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या बागमती प्रदेशमा १ लाख ८८ हजार ३ सय ६४ रहेको छ भने अव्यवस्थित बसोबास गर्नेको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १ लाख ५३ हजार ६ सय ८ रहेको आयोगले जनाएको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७८, ६ बैशाख सोमबार  ८ : ३९ बजे

राष्ट्रका समस्या समाधान गर्ने क्षमता एमालेसँग मात्रै छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रका समस्या समाधान

एक सिलिन्डर ग्यास ७ हजारमा बेच्ने पक्राउ, भक्तपुरमा कालोबजारी

भक्तपुर । उपभोक्ताको बाध्यताको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास

हेटौंडा कपडा उद्योगका तान फेरि चल्न थाले

हेटौंडा । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा पुराना

सुनको मूल्यमा सातामै १२ हजार ९०० रुपैयाँको उछाल, तीन लाख नजिक

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एक सातामै १२ हजार

नेपाल एसबीआई बैंकलाई एकैपटक चार अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा उत्कृष्ट प्रदर्शन