काठमाडौं, ६ बैसाख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज ९सोमबार० बस्दैछ । पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो ४ बजेका लागि बैठक डाकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आइतबार बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।
बैठक शुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल भएको थियो । छलफलपछि तयारी नपुगको भन्दै आइतबारको बैठक स्थगित गरिएको थियो । कांग्रेसको आगामी भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न बैठक डाकिएको जनाइएको छ ।
आजको वैठकमा पछिल्लो राजनीतिक अवस्था र नयाँ सत्ता समीकरणका बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको खोजीमा तयार देखिन थालेका छन् ।
प्रतिक्रिया