२०८२, १० माघ शनिबार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नयाँ सत्ता समीकरणका बारेमा पनि छलफल हुने 

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नयाँ सत्ता समीकरणका बारेमा पनि छलफल हुने 


काठमाडौं, ६ बैसाख :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज ९सोमबार० बस्दैछ । पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो ४ बजेका लागि बैठक डाकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आइतबार बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

बैठक शुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल भएको थियो । छलफलपछि तयारी नपुगको भन्दै आइतबारको बैठक स्थगित गरिएको थियो । कांग्रेसको आगामी भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न बैठक डाकिएको जनाइएको छ ।

आजको वैठकमा पछिल्लो राजनीतिक अवस्था र नयाँ सत्ता समीकरणका बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको खोजीमा तयार देखिन थालेका छन् ।

प्रकाशित मिति : २०७८, ६ बैशाख सोमबार  ८ : २४ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई