२०८२, २२ चैत्र सोमबार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नयाँ सत्ता समीकरणका बारेमा पनि छलफल हुने 

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नयाँ सत्ता समीकरणका बारेमा पनि छलफल हुने 


काठमाडौं, ६ बैसाख :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज ९सोमबार० बस्दैछ । पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो ४ बजेका लागि बैठक डाकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आइतबार बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

बैठक शुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल भएको थियो । छलफलपछि तयारी नपुगको भन्दै आइतबारको बैठक स्थगित गरिएको थियो । कांग्रेसको आगामी भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न बैठक डाकिएको जनाइएको छ ।

आजको वैठकमा पछिल्लो राजनीतिक अवस्था र नयाँ सत्ता समीकरणका बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको खोजीमा तयार देखिन थालेका छन् ।

प्रकाशित मिति : २०७८, ६ बैशाख सोमबार  ८ : २४ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर