२०८३, ८ भाद्र मंगलबार

काभ्रेको जोगीटारमा ‘हरित पार्क’ सञ्चालनमा (फोटो फिचर )

काभ्रेको जोगीटारमा ‘हरित पार्क’ सञ्चालनमा (फोटो फिचर )

पार्कभित्र बाल बगैचा, लभ स्टेशन, सेल्फी चौतारी, र भ्यूटावर, वाईटिङ स्टेशन


धुलिखेल १ बैशाख :  काभ्रेको मण्डनदेउपुर नपा–१० जोगीटारमा हरित पार्क सञ्चालनमा आएको छ । नवनिर्मित हरित पार्क सर्वसाधारणका लागि नयाँवर्ष २०७८ को अवसर पारेर खुल्ला गरिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि सञ्चालनमा आएको हरित पार्क १० रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्क निर्माणका लागि डिभिजन वन कार्यालय धुलिखेलको १० लाख रुपैंय र स्थानीय संघसंस्था र समाजसेवी,व्यक्तीहरुबाट सहयोग संकलन गरी १८ लाख २१ हजार लागतमा निमार्ण कार्य सम्पन्न गरिएको जोगीटार हरितपार्क निमार्ण समितिका अध्यक्ष श्यामप्रसाद नेपालले बताउनु भयो । अध्यक्ष नेपालका अनुसार पार्कभित्र बाल बगैचा, लभ स्टेशन, सेल्फी चौतारी, र भ्यूटावर, वाईटिङ स्टेशन र पिकनिक स्पोट संचालनमा आएको छ ।

हरितपार्कको उद्घाटन गर्नुहुर्दै बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले निर्वाचनको बेला गरेको प्रतिवद्धताहरु पुरा हुदै आएको बताउनु भयो । सांसद लम्सालले हरेक विकास निर्माणमा सबै वर्गक्षेत्र र समुदायको समान सहभागीता, सकारात्मक भवना तथा प्रतिवद्धता आवश्यकता रहेको बताउनु भयो । हरितपार्कलाई नयाँ ढंगले संचालनमा ल्याउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनु भयो । यसैगरी मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवाले जिल्लाकै कान्छो नगरपालिका भएपनि भौतिक संरचना निर्माण, प्रसाशनीक काम र नीति निर्माणमा जिल्लाकै अग्रणी नगरको रुपमा उदय भएको बताउनु भयो । ९५ सय घरधुरी मध्ये ५५ सय घरधुरीलाई खानेपानीको व्यावस्था भैसकेको बताउनु भयो । पार्क निर्माणका लागि नगरले स्थानीयको माग बमोजिम सहयोग गरेको बताउनु भयो ।

वडा अध्यक्ष, विष्णुमणी नेपालले हरित पार्क निर्माणमा सहयोग गर्नुहुने सबै सहयोगी दाताहरुलाई धन्यवाद दिनु भयो । कार्यक्रममा नेपाली काग्रेस काभ्रेका उपसभापति अच्यूत पौड्याल डिभिजन वन कार्यालयका धुलिखेलका प्रमुख देविचन्द्र पोखरेल, समाजसेवी कश्यप पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

स्थानीय यूवा व्यवसायी तथा समाजसेवी श्यामप्रसाद नेपालको नेतृत्वमा हरित पार्कसैगै स्थानीय स्तरमा फुटवल चौर आधुनिक गुठीघर निर्मााणको कमा अन्तीम चरणमा रहेको समाजसेवी राजु नेपालले बताउनु भयो ।

प्रकाशित मिति : २०७८, १ बैशाख बुधबार  ११ : १४ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र