२०८२, १७ असार मंगलबार

लकडाउन हुँदैन : प्रधानमन्त्री, स्वास्थ्य मापदण्डमा कडाइ गर्न निर्देशन

लकडाउन हुँदैन : प्रधानमन्त्री, स्वास्थ्य मापदण्डमा कडाइ गर्न निर्देशन


काठमाडौं, १ बैसाख  : प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्म लकडाउन नहुने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै आज बुधबार उनले केहीले अब लकडाउन हुने हल्ला चलाउन थाले पनि सरकारले सकेसम्म लकडाउन नगर्ने बताएका हुन् । तर, कोरोनाको जोखिम बढिरहेकाले अवस्था र परिस्थिति हेरेर थप रणनीति बनाइने उनको भनाइ छ ।

कोरोना सङ्क्रमण बढेसँगै विश्वका केही देशमा लकडाउन तथा स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेकाले नेपालमा पनि सङ्क्रमण बढे कडाइ भने हुने उनले बताए । प्रधानमन्त्री ओलीले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न अपिल गरेका छन् ।
महामारी हृवात्तै बढेपछि विकसित देशहरुले पनि बाध्य भएर लकडाउन गर्नु परेको स्मरण गर्दै उनले भने, अहिले नै सतर्कताबाट परिस्थितिलाई बिग्रिन नदिऊँ ।

प्रकाशित मिति : २०७८, १ बैशाख बुधबार  १० : ३५ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर