काठमाडौं, १ बैसाख : प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानीलगायत समृद्धिका आकांक्षा पूरा गर्न २०७७ साल निरर्थक नरहेको बताएका छन् । उनले गएको वर्ष असफलताको वर्ष मान्न नहुने दावी पनि गरेका छन् ।
नयाँ २०७८ सालको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले मेलम्ची सपना साकार पार्न, कोभिडको नियन्त्रणलगायत काममा सफलता हात पार्न सफल भएकाले गतवर्ष सन्तोषप्रद रहेको बताएका हुन् । प्रधानमन्त्रीले कोभिडको दोस्रो लहर सङ्क्रामक ढङ्गले अघि बढेकाले सरकारले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।
उनले स्कुल, कलेजलगायत केही दिन बन्द भए पनि फरक नपर्ने तर जीवनरक्षालाई बेवास्ता गर्न नसकिने बताएका छन् ।
अघिल्ला वर्ष सरकारले पृथकवादी आन्दोलनलाई मूलधारमा ल्याएको बताउँदै ओलीले यस वर्ष हिंसात्मक आन्दोलनलाई पनि शान्तिपूर्ण धारमा फर्काएको बताए । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।
प्रतिक्रिया