२०८३, १ आश्विन शुक्रबार

नयाँ वर्षमा प्रधानमन्त्रीको सम्वोधन : २०७७ लाई निरर्थक हुन दिएनौं

नयाँ वर्षमा प्रधानमन्त्रीको सम्वोधन : २०७७ लाई निरर्थक हुन दिएनौं

मेलम्ची सपना साकार पार्न, कोभिडको नियन्त्रणलगायत काममा सफलता


काठमाडौं, १ बैसाख :  प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानीलगायत समृद्धिका आकांक्षा पूरा गर्न २०७७ साल निरर्थक नरहेको बताएका छन् । उनले गएको वर्ष असफलताको वर्ष मान्न नहुने दावी पनि गरेका छन् ।

नयाँ २०७८ सालको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले मेलम्ची सपना साकार पार्न, कोभिडको नियन्त्रणलगायत काममा सफलता हात पार्न सफल भएकाले गतवर्ष सन्तोषप्रद रहेको बताएका हुन् । प्रधानमन्त्रीले कोभिडको दोस्रो लहर सङ्क्रामक ढङ्गले अघि बढेकाले सरकारले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले स्कुल, कलेजलगायत केही दिन बन्द भए पनि फरक नपर्ने तर जीवनरक्षालाई बेवास्ता गर्न नसकिने बताएका छन् ।
अघिल्ला वर्ष सरकारले पृथकवादी आन्दोलनलाई मूलधारमा ल्याएको बताउँदै ओलीले यस वर्ष हिंसात्मक आन्दोलनलाई पनि शान्तिपूर्ण धारमा फर्काएको बताए । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

 

प्रकाशित मिति : २०७८, १ बैशाख बुधबार  १० : २० बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी