२०८२, १० माघ शनिबार

नयाँ वर्षमा प्रधानमन्त्रीको सम्वोधन : २०७७ लाई निरर्थक हुन दिएनौं

नयाँ वर्षमा प्रधानमन्त्रीको सम्वोधन : २०७७ लाई निरर्थक हुन दिएनौं

मेलम्ची सपना साकार पार्न, कोभिडको नियन्त्रणलगायत काममा सफलता


काठमाडौं, १ बैसाख :  प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानीलगायत समृद्धिका आकांक्षा पूरा गर्न २०७७ साल निरर्थक नरहेको बताएका छन् । उनले गएको वर्ष असफलताको वर्ष मान्न नहुने दावी पनि गरेका छन् ।

नयाँ २०७८ सालको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले मेलम्ची सपना साकार पार्न, कोभिडको नियन्त्रणलगायत काममा सफलता हात पार्न सफल भएकाले गतवर्ष सन्तोषप्रद रहेको बताएका हुन् । प्रधानमन्त्रीले कोभिडको दोस्रो लहर सङ्क्रामक ढङ्गले अघि बढेकाले सरकारले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले स्कुल, कलेजलगायत केही दिन बन्द भए पनि फरक नपर्ने तर जीवनरक्षालाई बेवास्ता गर्न नसकिने बताएका छन् ।
अघिल्ला वर्ष सरकारले पृथकवादी आन्दोलनलाई मूलधारमा ल्याएको बताउँदै ओलीले यस वर्ष हिंसात्मक आन्दोलनलाई पनि शान्तिपूर्ण धारमा फर्काएको बताए । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

 

प्रकाशित मिति : २०७८, १ बैशाख बुधबार  १० : २० बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई