२०८३, २० आश्विन बुधबार

काभ्रेमा प्रहरी कार्यालय भवन उदघाटन

काभ्रेमा प्रहरी कार्यालय भवन उदघाटन


धुलिखेल २९ चैत्र :  काभ्रेमा नवनिर्मित ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुको भवन उद्घाटन भएको छ ।

काभ्रेको पाँचखाल नपा–१३ मा प्रहरी चौकी तिमालबेशी, महाभारत गाप– ४ प्रहरी चौकी फोक्सिङ्गटार, महाभारत गाप– १ ईलाका प्रहरी चौकी गोकुले प्रहरी चौकी र खानीखोला गापा– ५ प्रहरी चौकी तालढुङ्गाको नयाँ पक्की भवन उद्घाटन भएको हो ।

भवन निर्माणका लागि बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोग गरेको थियो ।
भवनको उद्घाटन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरिक्षक बसन्तकुमार मोक्तानले गर्नुभएको हो ।

भवन निर्माणका लागि २०७६ साल जेष्ठ १७ गते सम्झौता भएको ६ वटा प्रहरी ईकाईहरु मध्ये प्रहरी चौकी फलाटेको गत मंसिर १४ गते उद्घटन भईसकेको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय शान्ति सुरक्षा शाखा प्रमुख ज्ञानदिप राईले प्रहरीलाई आधुनिकिकरण गर्दै जाने योजना अनुरुप पहिलो चरणको ६ वटा प्रहरी कार्यालय भवनमध्ये ५ वटा उद्घाटन भैसकेको बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २९ चैत्र आईतबार  ३ : २६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको