२०८२, १५ श्रावण बिहीबार

काभ्रेमा प्रहरी कार्यालय भवन उदघाटन

काभ्रेमा प्रहरी कार्यालय भवन उदघाटन


धुलिखेल २९ चैत्र :  काभ्रेमा नवनिर्मित ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुको भवन उद्घाटन भएको छ ।

काभ्रेको पाँचखाल नपा–१३ मा प्रहरी चौकी तिमालबेशी, महाभारत गाप– ४ प्रहरी चौकी फोक्सिङ्गटार, महाभारत गाप– १ ईलाका प्रहरी चौकी गोकुले प्रहरी चौकी र खानीखोला गापा– ५ प्रहरी चौकी तालढुङ्गाको नयाँ पक्की भवन उद्घाटन भएको हो ।

भवन निर्माणका लागि बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोग गरेको थियो ।
भवनको उद्घाटन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरिक्षक बसन्तकुमार मोक्तानले गर्नुभएको हो ।

भवन निर्माणका लागि २०७६ साल जेष्ठ १७ गते सम्झौता भएको ६ वटा प्रहरी ईकाईहरु मध्ये प्रहरी चौकी फलाटेको गत मंसिर १४ गते उद्घटन भईसकेको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय शान्ति सुरक्षा शाखा प्रमुख ज्ञानदिप राईले प्रहरीलाई आधुनिकिकरण गर्दै जाने योजना अनुरुप पहिलो चरणको ६ वटा प्रहरी कार्यालय भवनमध्ये ५ वटा उद्घाटन भैसकेको बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २९ चैत्र आईतबार  ३ : २६ बजे

बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेताहरूको बैठक सुरु

काठमाडौं । सत्तारूढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा

माओवादी सांसद राजन दाहालका विश्वास पात्र टिकाराम जेल चलान

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र का नेता तथा

क्यानको बोर्ड बैठक बस्दै

काठमाडौं । नेपाल क्रिकेट संघको बोर्ड बैठक आज बस्दैछ ।

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आज साउन १५ : खीर खाएर मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर