२०८२, १० माघ शनिबार

ओलीले देखाएनन् पछि हट्ने संकेत

ओलीले देखाएनन् पछि हट्ने संकेत

माधव नेपाल र भीम रावल कारबाही योग्य


काठमाडौँ, १३ चैत्र । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले फागुन २८ पछिका निर्णय फिर्ता नहुने अडान कायमै राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले फागुन २८ यताका कुनै पनि निर्णय फिर्ता नहुने स्पष्ट पारेका हुन् । प्रधानमन्त्री ओलीले बैठकमा फागुन २८ यताका निर्णय फिर्ता नहुने प्रष्टसँग राखेको मुख्य सचेतक विशाल भट्टराईले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले माधव नेपाल र भीम रावलले बुझाएको स्पष्टीकरण पनि चित्तबुझ्दो नभएको भन्दै कारबाहीको संकेत गरेका छन् । अध्यक्ष ओलीले नेपाल र रावलले बुझाएको स्पष्टिकरण कारवाहीको भागिदार योग्य भएको जानकारी दिएका छन् । प्रमुख सचेतक भट्टराईका अनुसार कारबाही कुन प्रकृतिको हुने भन्ने केन्द्रीय समितिबाट तय हुनेछ ।

बैठकमा सहभागी खनाल–नेपाल समूहका सांसदहरुले भने पार्टीलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा लगेर एकता कायम राख्नुपर्ने सुझाव अध्यक्ष ओलीलाई दिएका थिए । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्न आग्रह गरे पनि अध्यक्ष ओलीले त्यसप्रति नरम हुने कुनै संकेत दिएनन् । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल भने सहभागी भएनन् ।

प्रकाशित मिति : २०७७, १३ चैत्र शुक्रबार  ८ : ३८ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई