२०८२, २२ चैत्र सोमबार

ओलीले देखाएनन् पछि हट्ने संकेत

ओलीले देखाएनन् पछि हट्ने संकेत

माधव नेपाल र भीम रावल कारबाही योग्य


काठमाडौँ, १३ चैत्र । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले फागुन २८ पछिका निर्णय फिर्ता नहुने अडान कायमै राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले फागुन २८ यताका कुनै पनि निर्णय फिर्ता नहुने स्पष्ट पारेका हुन् । प्रधानमन्त्री ओलीले बैठकमा फागुन २८ यताका निर्णय फिर्ता नहुने प्रष्टसँग राखेको मुख्य सचेतक विशाल भट्टराईले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले माधव नेपाल र भीम रावलले बुझाएको स्पष्टीकरण पनि चित्तबुझ्दो नभएको भन्दै कारबाहीको संकेत गरेका छन् । अध्यक्ष ओलीले नेपाल र रावलले बुझाएको स्पष्टिकरण कारवाहीको भागिदार योग्य भएको जानकारी दिएका छन् । प्रमुख सचेतक भट्टराईका अनुसार कारबाही कुन प्रकृतिको हुने भन्ने केन्द्रीय समितिबाट तय हुनेछ ।

बैठकमा सहभागी खनाल–नेपाल समूहका सांसदहरुले भने पार्टीलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा लगेर एकता कायम राख्नुपर्ने सुझाव अध्यक्ष ओलीलाई दिएका थिए । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्न आग्रह गरे पनि अध्यक्ष ओलीले त्यसप्रति नरम हुने कुनै संकेत दिएनन् । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल भने सहभागी भएनन् ।

प्रकाशित मिति : २०७७, १३ चैत्र शुक्रबार  ८ : ३८ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर