धुलिखेल १० चैत : काभ्रेको पनौती नगरपालिकामा अटो रिक्सा संञ्चालन गरिने भएको छ । नगरपालिका क्षेत्रका बिभिन्न रुटहरुका सार्वजनिक यातायातको पहुँचमा आम नागरवासी समक्ष पुर्याउने उदेश्यले अटो रिक्सा संञ्चालन सम्बन्धी कार्यविधि पास भएको छ ।
कार्यविधि पासभएपछि सो कार्यवीधिलाई स्थानीय राजपत्रमा प्रकाशन भईसकेको नगरका उपप्रमुख गीता बन्जाराले जानकारी दिनुभयो ।
नगरपालिको भित्री सडकमा यातायातको पहुँच सहज नभइरहेको अवस्थामा अटो रिक्सा सञ्चालन आएपछि यात्रुलाई भने सजिलो हुनेभएको छ । रिक्सा सञ्चालन गर्न ईच्छुक फर्म,कम्पनी,समुह वा ब्यक्तीले नगरपालिकाको प्रशासन शाखामा निवेदन दिन सक्ने पालिकाले जनाएको छ ।
प्रतिक्रिया