२०८२, १० माघ शनिबार

नेकपा एमाले मुख्यालय कार्यालय थापाथलीमा

नेकपा एमाले मुख्यालय कार्यालय थापाथलीमा


काठमाडौं, ११ चैत :  नेकपा एमाले को केन्द्रीय कार्यालय थापाथलीमा सर्ने भएको छ । बुधबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय पार्टी कार्यालय राख्ने भवनको निरीक्षण गरेका छन् ।

एमाले उपमहासचिव विष्णु पौडेलले एमाले कार्यालय थापाथलीमा सर्न लागेको बताए । उनका अनुसार पार्टी कार्यालयको इन्टेरियर डिजाइनिङको काम भइरहेको जानकारी दिए । धुम्बाराहीस्थित भवन पासाङ ल्हामु स्मृति प्रतिष्ठानलाई नै चाहिने भनेकाले एमाले कार्यालय थापाथली सरेको हो ।

एमाले थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो । साढे २ तलाको उक्त घरमा १३ कोठा छन् । पौने चार रोपनी क्षेत्रफलमा फैलिएको भवन साढे २ तलाको छ।

यसको कम्पाउन्डमा २५ वटा गाडी पार्किङ गर्न मिल्छ। नयाँ कार्यालय ५ वर्षका लागि सम्झौता गरिएको छ । ०७२ सालमा गएको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्काएपछि धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिएको थियो ।

 

प्रकाशित मिति : २०७७, ११ चैत्र बुधबार  ९ : ५९ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई