२०८२, १० माघ शनिबार

एमाले संसदीय दलको बोर्ड गठन

एमाले संसदीय दलको बोर्ड गठन

बैठकमा नगएका नेपाल र खनाललाई पनि बोर्डमा राखियो


काठमाडौँ ५ चैत्र । नेकपा एमालेले २७ सदस्यीय संसदीय दलको बोर्ड गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दलका नेता केपी ओलीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले बोर्ड गठन गरेको हो । बोर्डमा प्रधानमन्त्री ओली सहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायत छन् । सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले बोर्ड गठन गरिएको बताइएको छ ।

बैठकले गुटगत भेला गर्ने सांसदहरुलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरूलाई आह्वान गरेको छ । अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।

बैठकले संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र बिमला पौडेल राई सदस्य रहेको कार्यदल पनि गठन गरेको छ । कार्यदललाई ७ गतेको संसदीय दलको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव तयार पारेर पेश गर्ने जिम्मेवारी दिइएको छ ।

संसदीय दलको अर्को बैठक ७ गते विहान साढे १० बजे बालुवाटारमै बस्ने छ । बैठकमा खनाल नेपाल पक्षका अधिकांश सांसदहरु भने सहभागी भएनन् ।

 

प्रकाशित मिति : २०७७, ५ चैत्र बिहीबार  ८ : ५६ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई