२०८२, २२ चैत्र सोमबार

एमाले संसदीय दलको बोर्ड गठन

एमाले संसदीय दलको बोर्ड गठन

बैठकमा नगएका नेपाल र खनाललाई पनि बोर्डमा राखियो


काठमाडौँ ५ चैत्र । नेकपा एमालेले २७ सदस्यीय संसदीय दलको बोर्ड गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दलका नेता केपी ओलीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले बोर्ड गठन गरेको हो । बोर्डमा प्रधानमन्त्री ओली सहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायत छन् । सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले बोर्ड गठन गरिएको बताइएको छ ।

बैठकले गुटगत भेला गर्ने सांसदहरुलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरूलाई आह्वान गरेको छ । अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।

बैठकले संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र बिमला पौडेल राई सदस्य रहेको कार्यदल पनि गठन गरेको छ । कार्यदललाई ७ गतेको संसदीय दलको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव तयार पारेर पेश गर्ने जिम्मेवारी दिइएको छ ।

संसदीय दलको अर्को बैठक ७ गते विहान साढे १० बजे बालुवाटारमै बस्ने छ । बैठकमा खनाल नेपाल पक्षका अधिकांश सांसदहरु भने सहभागी भएनन् ।

 

प्रकाशित मिति : २०७७, ५ चैत्र बिहीबार  ८ : ५६ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर