२०८३, ११ बैशाख शनिबार

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

 कारवाहीदेखि पार्टीको नाम फेर्नेसम्मका एजेण्डा


काठमाडौैं २ चैत :  नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज (सोमबार) पनि बस्दैछ । हिजोको बैठकमा प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठकले बिहान ११ बजेदेखि निरन्तरता पाउने माओवादी केन्द्रका स्थायी कमिटी एवं केन्द्रीय सदस्य लीलामणि पोखरेलले जानकारी दिए । सर्वोच्च अदालतले नेकपा खारेज गर्दै यसमा मिसिएका दुई दल ९एमाले र माओवादी केन्द्र ब्युताइँदिएपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो पटक हिजो आइतबार बसेको हो । त्यही बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।

हिजोको बैठकको निर्णयअनुसार ओली सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता आउन तथा गृहमन्त्री बादलसहित एमालेमा लागेका नेताहरूलाई स्पष्टीकरण दिन निर्देशन दिँदै माओवादी केन्द्रले पत्राचार गरेको छ ।यस्तै पार्टीको नाम फेरेर नेपाली कम्युनिष्ट पार्टी राख्नेलगायत ६ प्रस्ताव बैठकमा प्रस्तुत भएको केन्द्रीय सदस्य पोखरेलले जानकारी दिए । हिजोको बैठकमा प्रदेश–१ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ शाह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए ।

यस्तै अध्यक्ष प्रचण्डले पार्टीको नाम फेर्न गरेको प्रस्तावको अधिकांश केन्द्रीय सदस्यहरुले विरोध गरेका थिए । उनीहरुले हतारमा पार्टीको नाम फेर्न नहुने सुझाव दिएको नेताहरुले बताएका छन् ।

आजको बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
माओवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले आज केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकले सरकारमा रहेका सात मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७७, २ चैत्र सोमबार  ९ : २१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले