२०८२, १० माघ शनिबार

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

 कारवाहीदेखि पार्टीको नाम फेर्नेसम्मका एजेण्डा


काठमाडौैं २ चैत :  नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज (सोमबार) पनि बस्दैछ । हिजोको बैठकमा प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठकले बिहान ११ बजेदेखि निरन्तरता पाउने माओवादी केन्द्रका स्थायी कमिटी एवं केन्द्रीय सदस्य लीलामणि पोखरेलले जानकारी दिए । सर्वोच्च अदालतले नेकपा खारेज गर्दै यसमा मिसिएका दुई दल ९एमाले र माओवादी केन्द्र ब्युताइँदिएपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो पटक हिजो आइतबार बसेको हो । त्यही बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।

हिजोको बैठकको निर्णयअनुसार ओली सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता आउन तथा गृहमन्त्री बादलसहित एमालेमा लागेका नेताहरूलाई स्पष्टीकरण दिन निर्देशन दिँदै माओवादी केन्द्रले पत्राचार गरेको छ ।यस्तै पार्टीको नाम फेरेर नेपाली कम्युनिष्ट पार्टी राख्नेलगायत ६ प्रस्ताव बैठकमा प्रस्तुत भएको केन्द्रीय सदस्य पोखरेलले जानकारी दिए । हिजोको बैठकमा प्रदेश–१ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ शाह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए ।

यस्तै अध्यक्ष प्रचण्डले पार्टीको नाम फेर्न गरेको प्रस्तावको अधिकांश केन्द्रीय सदस्यहरुले विरोध गरेका थिए । उनीहरुले हतारमा पार्टीको नाम फेर्न नहुने सुझाव दिएको नेताहरुले बताएका छन् ।

आजको बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
माओवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले आज केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकले सरकारमा रहेका सात मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७७, २ चैत्र सोमबार  ९ : २१ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई