२०८२, २२ चैत्र सोमबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटघाट, पछिल्लो राजनीतिक घटनाक्रमबारे डेढ घण्टा छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटघाट, पछिल्लो राजनीतिक घटनाक्रमबारे डेढ घण्टा छलफल


काठमाडौैं, २ चैत : सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै गइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले हिजो (आइतबार) बेलुका राष्ट्रपति भण्डारीलाई भेटेर करिब डेढ घण्टा छलफल गरेका हुन् । बालुवाटारले नियमित भनेको भेटमा मुख्यतः मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली साँझ ७ बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेको स्रोतले बतायो । उनी करिब साढे ८ बजे त्यहाँबाट निस्किएका थिए । आफ्नो नेतृत्वको सरकार अल्पमतमा पर्न सक्ने र नयाँ सरकारका लागि विभिन्न दलहरुबीच छलफल चलिरहेका बेला ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले माधवकुमार र झलनाथ खनाल पक्षसँग बिग्रिएको सम्बन्धलाई सुधारको प्रयास स्वरुप आज ९सोमबार० बालुवाटारमा चियापान कार्यक्रम राखेका छन् । प्रधानमनत्री ओली राष्ट्रपतिसँग परामर्शमा व्यस्त रहँदा एमाले नेताहरु माधव नेपाल र झलनाथ खनाल भने हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा व्यस्त थिए । प्रधानमन्त्री केपी ओलीसँग मिल्न नसक्ने निष्कर्ष निकालेको माधव–झलनाथ समूहले आकिस्मक रुपमा प्रचण्डसँग भेटघाट गर्नुलाई वाम एकताको गृहकार्यको रुपमा हेरिएको छ ।

हिजो पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिए लगत्तै प्रचण्ड र नेता नेपालबीच कोटेश्वरस्थित नेपाल निवास नजिकै एक घरमा लामो छलफल भएको छ । छलफलमा एमाले नेता झलनाथ खनाल पनि सामेल थिए ।

ओलीले चैत्र ७ गते बालुवाटारमा डाकेको एमाले केन्द्रीय कमिटी बैठकमा सामेल नहुने घोषणा नेपाल–खनाल पक्षले गरिसकेको छ । नेपाल–खनाल पक्षले आज ९सोमबार० प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा नजाने बताएको छ । लामो समयदेखि नेपाल–खनालसँग संवादहीनताको अवस्थामा रहेका ओलीले संवादको ढोका खोल्ने प्रयास स्वरुप चियापान कार्यक्रम राखेका हुन् ।

प्रकाशित मिति : २०७७, २ चैत्र सोमबार  ९ : १३ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर