२०८३, २३ आश्विन शनिबार

सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गछौँ : प्रधानमन्त्री ओली

सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गछौँ : प्रधानमन्त्री ओली

बैठकमा नआए माधव–झलनाथ पक्षलाई कारबाही


काठमाडौँ २९ फागुन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूलाई सरकारबाट हटाए पनि बीस महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने बताएका छन् । एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिवार भृकुटीमण्डपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफुलाई प्रधामन्त्रीबाट हटाएर देखाउन चुनौती दिँदै हटाए पनि जनताले दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गराउने बताएका हुन् ।

प्रतिपक्षमा बस्न आफू तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले भने ‘हामीलाई प्रतिपक्षमा एकछिन रहन कुनै गाह्रो छैन । प्रतिपक्षमा पनि बस्न तयार । हामी सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गछौँ ।’

प्रधानमन्त्री ओलीले माधव–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको प्रष्टोक्ति समेत दिएका छन् । अहिले पार्टी चलाउँदै गर्नका लागि केही साथीहरुलाई केही कामको जिम्मा दिँदैमा दलिनमा टाउको ठोकिने गरी किन उफ्रिराख्नु भएको भन्दै प्रधानमन्त्री ओलीले चैत्र ७ गतेको बैठकको माधव–झलनाथ पक्षलाई निम्तो समेत दिएका छन् । प्रधानमन्त्री ओलीले बैठक नआए विधानअनुसार कारबाही हुने चेतावनी पनि माधव–झलनाथ पक्षलाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले चेतावनीको भाषामा भनेका छन्– ‘२०७७ साल चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहदै जानुभो भने विधानको व्यवस्था अनुसार हुँदै जानेछ । त्यसकारण म सबैले सुन्नेगरी भन्न चाहान्छु ७ गतेको बैठकमा आउनुहोला ।’

प्रकाशित मिति : २०७७, २९ फाल्गुन शनिबार  ९ : ०२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य