२०८२, १० माघ शनिबार

सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गछौँ : प्रधानमन्त्री ओली

सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गछौँ : प्रधानमन्त्री ओली

बैठकमा नआए माधव–झलनाथ पक्षलाई कारबाही


काठमाडौँ २९ फागुन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूलाई सरकारबाट हटाए पनि बीस महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने बताएका छन् । एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिवार भृकुटीमण्डपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफुलाई प्रधामन्त्रीबाट हटाएर देखाउन चुनौती दिँदै हटाए पनि जनताले दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गराउने बताएका हुन् ।

प्रतिपक्षमा बस्न आफू तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले भने ‘हामीलाई प्रतिपक्षमा एकछिन रहन कुनै गाह्रो छैन । प्रतिपक्षमा पनि बस्न तयार । हामी सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गछौँ ।’

प्रधानमन्त्री ओलीले माधव–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको प्रष्टोक्ति समेत दिएका छन् । अहिले पार्टी चलाउँदै गर्नका लागि केही साथीहरुलाई केही कामको जिम्मा दिँदैमा दलिनमा टाउको ठोकिने गरी किन उफ्रिराख्नु भएको भन्दै प्रधानमन्त्री ओलीले चैत्र ७ गतेको बैठकको माधव–झलनाथ पक्षलाई निम्तो समेत दिएका छन् । प्रधानमन्त्री ओलीले बैठक नआए विधानअनुसार कारबाही हुने चेतावनी पनि माधव–झलनाथ पक्षलाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले चेतावनीको भाषामा भनेका छन्– ‘२०७७ साल चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहदै जानुभो भने विधानको व्यवस्था अनुसार हुँदै जानेछ । त्यसकारण म सबैले सुन्नेगरी भन्न चाहान्छु ७ गतेको बैठकमा आउनुहोला ।’

प्रकाशित मिति : २०७७, २९ फाल्गुन शनिबार  ९ : ०२ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई